हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाएः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीबारे विपक्षी दल काँग्रेससहित विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाइरहेको बताएका छन् ।

Advertisement

‘विभिन्न समाजिक सन्जालमा लगानी गरेर, अनेक ढंगबाट भ्रम फैलाउने काम भइरहेको छ । सरकारका हरेक काममा हमला गर्ने काम भएको छ’ शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अनैतिक ढंगबाट विरोध गर्ने काम भएको छ ।’

Advertisement

चुनावमा नजितेपछि काँग्रेस नेतृत्वको तत्कालीन सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै ओलीले त्यसको दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताए ।

‘विगतका सरकारले विभिन्न निर्णय गरेको छ, तर दोष यही सरकारलाइ लगाएको छ’, ओलीले काँग्रेसलाई व्यङ्ग्य गर्दै अगाडि भने, ‘पानीमा जहाज चल्छ भने विपक्षीलाई थाह छैन सायद । कागजको डुंगा बनाएर बनाएर बाल्टीमा चलाएर मजाक उडाइयो । तर अहिले युवाहरू पानीमा जहाज चलाएका छन् ।’उनले नेपालमा कोही पनि भोकै नमर्ने उल्लेख गर्दै सरकारले जनहित अनुरुप काम गरिरहने बताए ।

विगतमा स्थिर सरकार नहुँदा नै देश विकास हुन नसकेको उल्लेख गर्दै ओलीले अहिले नेकपाले बहुमत ल्याएर सबै ध्यान आर्थिक समृद्धिमा केन्द्रीत गर्दा पनि गोबयल्स शैलीमा विरोध भइरहेको आरोप लगाए ।ओलीले आफू नेतृत्वको सरकारले असाधारण काम गरेको दावी गर्दै त्यसलाई विरोधी शक्तिहरुले स्विकार गर्न नचाहेको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)