शिक्षा
हल्दिबारी संवाददाता ९ महिना अगाडि

व्यङ्ग्य : मात्तिएको मान्छे र Lucifer

✍️ रमेश कुमार सुवेदी 🇳🇵

हिजो शनिबार गाउँमा लाग्ने स्थानीय हटिया (बजार)मा एउटा मान्छे मातेर साइकल माथि चढेर घर तिर जाँदै थियो। केही पर पुगेपछी उ लड्यो। उसले साइकलमा झुन्डियाएको टमाटर,आलु र खोर्सानी बाटै भरी छरिएर छरपस्ट भयो। उ केही गुनगुनाउदै उठ्यो र हुर्रिएर साइकल छेउमा गएर पुन: लड्यो। फेरि गुनगुनाउदै उठ्यो । साइकललाई एक लात हिर्कायो। फेरि गुनगुनायो। यो क्रम निरन्तर चली रहेको थियो। उसलाई चित्त बुझेन छ क्यारे ! गुनगुनाउदै ( सानो श्वरमा बोल्नु ) साइकललाई बल लगाएर उचाल्यो र भुइँमा थेचार्यो।

विज्ञापन (Advertisement)Advertisement

के भन्न खोज्दै छ – वरिपरिका मान्छेले चासो राखेर छेउमा गए।

– Lucifer- Lucifer – भन्दै साइकललाई हिर्काउदै रहेछ।

म हटिया गएर करिव दुईघन्टा पछि घर आए। सामान राखेर छोरोलाई भाइ(छोरालाई पुर्वेलीले प्यारो गरि बोलाउने शव्द)

चिया बनाउ त , भनेर फेसबुक खोलेर बसे। फेसबुक भरी

– धेरैले त्यो घटनाको भिडियो खिचेर हालिसकेछ्न। भिडियोले भाइरल हुने मौका पाएछ । भिडियो बनाउन नपाएकाले सेयर गरेछ्न,सेयर गर्न मन नलाग्नेले कमेन्ट गरेका रहेछ्न।

अहिले देशै भर भाइरल हुँदै गएको छ – ‘ Lucifer ‘ ओ ‘ Lucifer ‘  मलाई पनि कमेन्ट गर्न मन लाग्यो लेखिदिए

‘ चित्र र चरीत्र – आफै बोल्छ ‘।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)