हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

शनिदेवले सबैको मनोकांक्षा पुरा गरुन, आज बैशाख २३ गते शनिबारकाे राशिफल

आज २०८० साल बैशाख २३ शनिबारको राशिफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी होला ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुन: सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम जीवनमा मधुरता छाउनेछ । लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेम प्रसङ्गमा नजिक हुन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम्पत्य जीवन सुखमय हुनेछ । स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । अरूलाई सहयोग पनि गर्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान हराउने योग छ । नयाँ ठाउँमा लगानी गर्नु पनि उचित छैन, तर कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर शेयर बजारको लगानी नोक्सानी रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तले राम्रै सहयोग गर्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्ला र धन खर्च होला , तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)