समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

शिवसताक्षीका सरोज शर्मा हत्या प्रकरण: शव बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला , २ जना पक्राउ 

झापा, कार्तिक १५ ।

झापामा बेपत्ता भएका शिवसताक्षी १० का सरोज शर्माको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेका छन्।

विज्ञापन (Advertisement)Advertisement

शर्मा केही दिन अघिदेखि बेपत्ता थिए। उनको गाडी चारआली जंगलमा जलेको अवस्थामा फेला परेको थियो भने शव बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा आज बिहान भेटिएको थियो। शव गाडिएको ठाउँमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ। घटनाप्रति आक्रोशित भीडले सुनिल शाहको घरमा तोडफोड गरेको प्रहरीले जनाएको छ। भीडले आगजनी गर्न खोज्दा प्रहरीले रोकथाम गरेको थियो।

शर्माको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। घटनामा कम्तीमा ४–५ जनाको संलग्नता रहेको परिवारले जनाएको छ।

यो घटना झापामा सुरक्षा र अपराध नियन्त्रणमा चुनौती थपिएको संकेत गर्दैछ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)