हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

श्रष्टा-सम्मान : लोक गायक कृष्ण सुधा

कृष्ण सुधा

लोक गितमा उर्बर मानिने लमजुङ्गको दुराडाँडा मा मिति २०१६ साल फाल्गुन ७ बुवा गंगा प्रसाद ढुङ्गाना र मुमा रेवती ढुङ्गाना का जेष्ठ सुपुत्रका रुपमा चर्चित लोकदोहोरी गायक कृष्ण सुधा ढुङ्गाना जन्म भएको थियो । उहाँको बाल्यकाल गाईगोठालो गर्ने राती रोदि घरमा दोहोरी गित गाउन जाने जस्ता क्रियाकलाप गरेर बित्यो ।

Advertisement

लमजुङ्ग बाट काठमाण्डौँ पढाईको शिलशिलामा उहाँले पहिलो चोटि काठमाण्डौँमा वि।सं। २०३० को दशकको पूर्वाध्रमा टेक्नुभएको थियो । त्यसपछि वि.सं. २०३५ साल फाल्गुन ७ गते हरेक बर्ष झै प्रत्येक प्रजातन्त्र दिवसका दिन नेपाल अधिराज्यभरबाट लोक दोहोरी गित गाँउनका लागि क्षमतावान प्रतियोगीलाई सहभागि गराई सम्पन्न गरिने रेडियो नेपालबाट प्रसारण हुने लोकदोहोरी गित प्रतियोगिता हुने खबरले उहाँको पाईला क्रमश रेडियो नेपालको ठोका तिर अगाडि बढायो ।

Advertisement

त्यसपछि उहाँले सुदा शर्मा नामले विभिन्न रोधिघरहरुमा करिब दुई बर्ष गित पनि गाँउनुभयो । लोक गायक लोक बहादुर श्रेष्ठलाई उहाँले धेरै श्रदाका साथमा सम्झनु हुन्छ, उहाँका अनुसार गायक लोक बहादुर कै कारणले उहाँलाई गायन क्षेत्रमा निरन्तरता दिने प्रेरणा मिलेको थियो रे ।

स्व, राजा विरेन्द्रको पालामा नारायणहिटिमा गएर गित गाएको अनुभव पनि उहाँसँग रहेछ । उहाँका चर्चित गितहरुमा – रानी घाटैमा किन काँडा रोप्यौनी निरमाया …., दुई बजेर राति सपनिमा कस्ले बोलायो इत्यादि रहेका छन् । उहाँले लोकदोहोरी गित गायन क्षेत्रमा अतुलनिय योगदान पुर्याउनुभएको छ ।

हाल उहाँ काठमाण्डौ, काभेस्थली बस्नुहुन्छ भने परिवारका साथमा कृषि कर्ममा पनि उतिकै सक्रियताका साथ लागिपर्नुभएको र रमाएको देखिनुहुन्छ । अन्ततस् ऊहाँले लोक गितसंगितको क्षेत्रमा पुर्याउदै आउनु भएको देन र योगदानले हामी सबैमा छुट्टै गर्वको महसुस गराउन सफल हुनुभएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)