हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

संबैधानिक अङ्ग माथी कब्जाको नितिले प्रजातन्त्र कमजोर :- कमल थापा 

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संबैधानिक अङ्ग कब्जाको नितिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग  भएको थापाको दाबी थियो । आज मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युबा संगठनद्वारा आयोजित अगुवा युबा भेलालाई सम्बोधन गर्दै थापाले राजनिती समाजसेवा भन्दा पनि ब्यापार भएकोमा चिन्ता प्रकट गरे ।
“स्वार्थी एवं भ्रष्ट व्यापारी,ठेकेदार र नेताहरुको माफिया गठबन्धनले नेपालमा प्रजातन्त्रलाई वन्धक बनाएको छ भन्दै थापाले गाउँदेखि केन्द्रसम्मको राजनीति यही माफियाले प्रदुषित गरेको छ।जबसम्म यो माफियातन्त्रलाई पराजित गर्न सकिन्न,तबसम्म प्रजातन्त्र जनताको हितकोलागि हुँदैन”  थापाले भने । इमानदार र बिकासप्रेमी भन्दा माफिया, व्यापारी, बिचौलिया राजनितिमा हाबी भएको भन्दै थापाले राजनीति भ्रष्टिकरण तर्फ गैरहेकोमा युबा पुस्ताको हस्तक्षेपकारी भुमिका जरुरी भएको बताए । भ्रष्टाचार , अनियमितता र लुट हाबी भएको राष्ट्रिय र प्रजातन्त्र कमजोर भएको तर्फ नयाँ पुस्ताको चासो हुनुपर्ने भन्दै थापाले मुलुकको समग्र आर्थिक बिकास राज्य सन्चालकहरुको देखाउने दात मात्र भएको बिचार ब्यक्त गरे ।
भएका उद्योग धन्दा कौडिको मुल्यमा बेच्ने, युबालाई रगत पसिना बगाउन मरुभुमिमा जान बाध्य बनाउने सत्तारुढ दलहरुले युबालाई निराश बनाएको आरोप लगाए। कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले राप्रपामा अहिले कमल थापाको बिकल्प नभएको भन्दै महाधिवेशन ,संगठन र निर्बाचन केन्द्रित हुनुपर्ने आबश्यकता औल्याए ।
कार्यक्रममा नेताहरु राजाराम बर्तौला, गुरु सापकोटा , दामोदर वाग्ले, शुक्र प्रजा, अर्जुन ढुङ्गाना, भृगु कार्की, कोइशोर मैनाली , अमृत पाठक, समेन्द्र लामा, लक्ष्मण सापकोटा लगायतले बोलेका थिए । सो अबसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नेलाई थापाले स्वागत गरेका थिय।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)