हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्र नेपाल भित्रिए

न्यूज व्यूरो- चन्द्रगढी ।नेपालमा करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको सन् २०२० मा कोरोना महामारीका कारण २ लाख ३० हजार ८५ जना मात्रै नेपाल भित्रिएका छन्।

Advertisement

हवाई र सीमा नाकाबाट उक्त संख्यामा पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको हो। कान्तिपुर दैनिकका अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी नेपाल भित्रिएका थिए। अघिल्लो वर्षको दाँजोमा गत वर्ष झन्डै ८४ प्रतिशत कम पर्यटक आएका हुन्।

Advertisement

विभागका अनुसार गत वर्ष १ सय ७० देशबाट विदेशी आएका थिए। सबैभन्दा धेरै भारतबाट ४० हजार ३ सय ३६, म्यानमारबाट २० हजार ९ सय ११, थाइल्यान्डबाट २० हजार ७ सय ७८, चीनबाट १९ हजार २ सय ५७, संयुक्त राज्य अमेरिकाबाट १७ हजार ७ सय ६७, श्रीलंका १३ लाख ३ सय २८, बेलायतबाट ११ हजार ७ सय ६२ जना भित्रिएका थिए। विभागका अनुसार, २०२० मा स्वदेश आउने नेपालीको संख्या ४ लाख ९१ हजार ४ सय ४८ रहेको छ।

विदेशी र नेपालीको गरी कुल आगमन संख्या सन् २०२० मा ७ लाख २१ हजार ५ सय ३३ रहेको छ। -देवेन्द्र किशोर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)