हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

समाजवादी गणतन्त्र नै देशको निकास: महासचिव विप्लव

 

Advertisement

बिर्तामोड / झापा – नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुक यथास्थितीमै रहन नसक्ने बताएका छन्।

Advertisement

मंगलबार बिहान झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले वर्तमान राजनीतिक संरचनाले जनताको आवश्यकता पूरा गर्न नसकेको दाबी गर्दै समाजवादी गणतन्त्र नै नेपालको निकास भएको उल्लेख गरे।

उनले राजतन्त्रको पुनःस्थापनाका लागि भइरहेका प्रयास र अग्रगमन चाहने पक्षबीच द्वन्द्व चर्किँदै गएको भन्दै देश दुर्घटनातर्फ जाने खतरा बढेको बताए। विदेशी शक्तिहरूले राजतन्त्र पक्षधरहरूलाई उचालेको आरोप लगाउँदै उनले नेकपाले मात्रै मुलुकलाई सही दिशा दिन सक्ने जिकिर गरे।

२०७२ सालको संविधानलाई अपूर्ण ठहर गर्दै विप्लवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको बताए। गणतान्त्रिक समाजवादको आधार तयार नभएसम्म समृद्धि सम्भव नहुने उनको भनाइ थियो।

विदेशी हस्तक्षेपको विरोध गर्दै उनले एमसीसी परियोजना बन्द गराएकोमा अमेरिकालाई धन्यवाद दिए भने चीनको बीआरआईलाई विकाससँग जोडिएकाले समर्थन जनाए। साथै, सिमा अतिक्रमणको कडा विरोध गर्दै पार्टी कार्यालयमा राष्ट्रिय एकताको प्रतीकस्वरूप माटो मिसाएर विरुवा रोप्ने योजना सार्वजनिक गरे।

झापा राजनीतिक दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले यहाँ विभिन्न क्षेत्रका नागरिकसँग संवाद गरी नेकपाले आगामी रणनीति तय गर्ने महासचिव विप्लवले स्पष्ट पारे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)