हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

समुद्री सीमा मिचेको आरोपमा दुई कोरियाबीच गोली हानाहान

पश्चिम किनारमा दक्षिण कोरिया र उत्तर कोरियाबीच गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दुई कोरियाली सेनाबीच किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको एउटा ब्यापरिक पानीजहाजले सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा उत्तरी सीमालाइन पार गरेपछि चेतावनी स्वरुप गोली प्रहार गरिएको बताएका छन् ।

Advertisement

उत्तर कोरियाको जनसेनालाई उद्धृत गर्दै त्यहाँको सरकारी मुखपत्र केसीएनएले दक्षिणको एउटा पानी जहाज आफ्नो पानीमा प्रवेश गरेको दाबी समेत गरेको छ । उत्तर कोरियाले निरन्तर ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको बेला पछिल्लो तनाव देखिएको हो । यसो त पछिल्लो समय दुई कोरियाबीच पश्चिम समुद्री सीमालाई लिएर बारम्बार तनाव उत्पन्न हुदै आएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)