हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दबारी २ मा माओवादी केन्द्रकाे ऐतिहासिक तेस्राे अधिवेशन भव्यताका साथ सम्पन्न

हल्दबारी, १३ चैत्र । हल्दबारी गाउँपालिकाकाे वडा नं. २ मा माओवादी केन्द्रकाे ऐतिहासिक तेस्राे अधिवेशन आज भव्यताका साथ सम्पन्न भएकाे छ।

Advertisement

पार्टी कार्यालयमा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि जिल्ला सचिव तथा माननीय संविधान सभा सदस्य मोहन टुडु रहेका थिए साथै क्षेत्रीय संयोजक टीका पोख्रेल, हल्दिबारी ईन्चार्ज विजय लावति, हल्दिबारी संयोजक शुकलाल राजबंशी लगायतका नेताहरूको उपस्थिति थियो।

Advertisement

अधिवेशनमा वडा अध्यक्ष खकेन राजबंशीले प्रस्तुत गरेको सात पृष्ठमा समेटिएको प्रतिवेदन र कोषाध्यक्ष रचना कुलुङले प्रस्तुत गरेकाे प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो। खुल्ला सत्रमा विजय लावति र टीका पोख्रेलले शुभकामना मन्तव्य राखेका कार्यक्रममा सत्रको प्रारम्भमा समिति गठन गरिएको थियो जसमा खकेन राजबंशी संयोजक हुने गरी ३ सदस्यीय अध्यक्ष मण्डलि गठन गरिएको थियो। त्यसपछि, बन्द सत्रमा सारदा चम्लागाईको अध्यक्षतामा १९ सदस्यीय वडा समिति सर्वसम्मतले निर्वाचित गरिएको थियो।

२५५ प्रतिनिधिहरूको उपस्थितिमा भएको वडा अधिवेशनमा नवनिर्वाचित अध्यक्षले वडालाई १ नम्बर पार्टी बनाएर अघि बढाउने प्रतिवद्धता जाहेर गरेका थिए। २ नम्बर वडाका निर्वाचित अध्यक्ष शुकलाल राजबंशी र प्रमुख अतिथि मोहन टुडुले नव निर्वाचित समितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए। सारदा चम्लागाईको संचालनमा कार्यक्रमको स्वागत मन्तव्य रचना कुलुङले राखेकी थिइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)