हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीको सौर्य सिमेन्टले ग्राहकको मन जित्दै

जलथल , १६ पुस । झापाको हल्दिवारी गाउँपालिकामा स्थापना भएको कावेली सिमेन्ट उधोगबाट उत्पादिक सौर्य र हल्दिवारी सिमेन्टले ग्राहकको मन जित्दै गएको उधोगका मेनेजिङ्ग डाइरेक्टर सुमन मैनालीले बताए ।

Advertisement

अत्याधुनिक जर्मनी प्रविधिबाट संचालित सिमेन्ट उधोग ( close cerkit ) बाताबरण मैती भएको र पुर्वमै पहिलो पल्ट संचालन गरिएको हो । हल्दिवारी ३ देवि बस्तीमा संचालनमा आएको उक्त सिमेन्ट उधोगले सौर्य ओ. पि .सि . तथा पि.पि सि . , योद्धा ओ.पि सि , हल्दिवारी पि.पि .सि , फेवा पि.पि .सि तथा बि एण्ड बि पि.पि .सि ब्रान्डमा सिमेन्ट उत्पादन गरि बजारमा बिक्री बितरण गर्दै आएको छ ।

Advertisement

झापाका युवा व्यवसायीहरु सुमन मैनाली ,देवि प्रसाद मैनाली ,अर्जुन मैनाली ,गोपाल मैनाली लगायतको करिब ६० करोड लगानी रहेको कावेली सिमेन्ट उधोग लाई कोरोना महामारीले संचालनकै अवस्थामा ठुलो असर समेत पुर्याएको डाइरेक्टर मैनाली बताउछन् ।

हाल उद्योगबाट दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन भै रहेको छ भने प्रदेश नम्बर १ र २ का जिल्लामा लाई सिमेन्ट उद्योगले आफ्नो बजार बिस्तारगरिरहेको छ । कावेलीको उत्पादन सौर्य सिमेन्टले छिटो समयमा अरु कम्पनीका सिमेन्ट हरुलाई पछि पार्दै व्यवसाही रूपमा स्थापित बनाउन सफल भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)