झापा, । जिल्ला झापाको भद्रपुर नगरपालिका–५ मेचिपुलमा वप्रका भद्रपुरको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्दा हल्दीबारीका राम मर्डी र धनबहादुर बनलाई लागूऔषधसहित पक्राउ गरेको छ।
मङ्गलबार साँझ १९:४० बजे चेकजाँच गर्दा दुवैजनाले मोटरसाइकलको बीचमा प्लाष्टिकको पोका भित्र ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ ३ ग्राम ८३० मिलिग्राम लुकाइ ल्याएको पाइएको प्रहरीले जनाएको छ।
विज्ञापन (Advertisement)

प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान र कानुनी कारबाहीको लागि जिप्रका झापामा जिम्मा लगाएको प्रहरीले जनाएको छ।
