हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

हल्दीबारीमा करेन्ट लागेर माछा मार्दा एकजनाको मृत्यु

झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिकामा आज  २५ गते आइतबार साँझ ५:४० बजे करेन्ट लगाएर माछा मार्ने क्रममा ३१ वर्षीय रामकुमार अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

अधिकारी सङ्खुवासभा जिल्ला चैनपुर-२ का हुन् र हाल हल्दीबारी तीन ऐनावारीस्थित मैनाली हाते कागज खरिद बिक्री केन्द्रमा काम गर्दै आएका थिए।

Advertisement

प्रहरीका अनुसार अधिकारी नजिकै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्दा करेन्ट लागेको थियो र घटनास्थलमै मृत्यु भएको हो।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको

जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।यो साउन महिनामा झापामा करेन्ट लागेर ज्यान गुमाउने पाँचौं घटना हो। सांकेतिक तस्बिर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)