समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

हल्दीबारीमा मोटरसाइकल र टेम्पो ठक्कर, चार घाइते

झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिका–४ अन्तर्गत मंगलबारे बजार र काजली बजारको बीचमा मोटरसाइकल र टेम्पो ठोक्किँदा चार जना घाइते भएका छन्।
बिर्तामोडतर्फबाट आउँदै गरेको प.१–१–१५प २४३ नम्बरको मोटरसाइकल र हल्दीबारीको एनाबारीबाट कन्काई माई पूजाका लागि परिवारसहित जाँदै गरेको मे १ ह ५७०८ नम्बरको टेम्पो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा टेम्पोमा सवार दुई जना र मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि भद्रपुर लगिएको स्थानीयले जानकारी दिएका छन्।

विज्ञापन (Advertisement)Advertisement

स्थानीयका अनुसार उक्त स्थानमा दुर्घटना बारम्बार हुने गरेको छ। सो क्षेत्रमा हालसम्म ८–१० वटा दुर्घटना भइसकेका छन् भने चार जनाभन्दा बढीको ज्यान गइसकेको स्थानीयले बताएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)