हल्दीबारी, झापा । भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हल्दीबारी गाउँपालिकामा तयारी पूरा भएको छ। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत मानबहादुर वन महेन्द्रले सबै १४ वटा मतदान केन्द्रको निरीक्षण गर्दै निर्वाचन भयभित र सहज रूपमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। उहाँले आवश्यक परेमा मतदान केन्द्रका कर्मचारी र सम्बन्धित निर्वाचन अधिकृतसँग सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ।
गाउँपालिकाभित्र मतदान केन्द्रको विवरण यस प्रकार छ:
वडा नं १: जनजागृत मावि, वडा कार्यालय, सरस्वती माध्यमिक विद्यालय, गरम काली आवि
वडा नं २: सरस्वती आवि, हल्दीबारी मावि, राष्ट्रिय एकता प्रावि, नवसिर्जना प्रावि
वडा नं ३: लक्ष्मी मावि, रामेश्वर प्रावि
वडा नं ४: दिपेन्द्र आवि, महेन्द्र मावि
वडा नं ५: मोती आवि, शान्तिप्रावि
निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र निर्वाचन प्रहरी परिचालन गरिएको छ।
हाल गाउँपालिका भित्र करिब २६ हजार ५६२ मतदाता छन् भने कम्तीमा १८ हजार मतदाताले मतदानमा सहभागी हुने अनुमान गरिएको छ।



















