समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

हल्दीबारी रेडक्रसको आयोजनामा एकदिवसीय निःशुल्क आँखा शिविर सम्पन्न

हल्दीबारी, झापा । नेपाल रेडक्रस सोसाइटी हल्दीबारी उपशाखाको आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

शिविरमा १११ जना महिला र १४९ जना पुरुष गरी कुल २६० जनाले आँखाको स्वास्थ्य परीक्षण गराएका छन्। परीक्षणका क्रममा ६ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन्, जसलाई थप उपचार तथा शल्यक्रियाका लागि मेची आँखा अस्पताल पठाइएको उपशाखा सचिव कृष्णप्रसाद प्रसाईंले जानकारी दिनुभयो।

विज्ञापन (Advertisement)Advertisement

रेडक्रसको वार्षिक कार्ययोजना अनुसार समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले हरेक वर्ष यस्ता शिविर आयोजना गर्दै आएको र सोही निरन्तरतामा यस वर्ष पनि आँखा शिविर सम्पन्न गरिएको संस्थाले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी हल्दीबारी उपशाखाका सभापति कर्णखर प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रामीण क्षेत्रका नागरिकलाई घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन शिविरले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)