समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीबारी–१ मा समावेशी श्रीमद् भागवत महापुराण : अधुरो भवन निर्माणदेखि सामाजिक जागरणसम्म

झापा, हल्दीबारी — श्रीनामहरिकीर्तन मण्डली सेवा समिति, हल्दीबारी–१ ले समावेशी श्रीमद् भागवत महापुराण धनधान्यचल सप्ताहज्ञान महायज्ञ आयोजना गर्ने भएको छ। यस सम्बन्धमा समितिले मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने विराट महायज्ञबारे बिहीवार पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिएको हो।

पत्रकार सम्मेलन आयोजक समितिका संयोजक सोमनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। सम्मेलनमा सुवेदीले महायज्ञको उद्देश्य, सामुदायिक महत्व तथा यसले समाजमा पुर्याउने सकारात्मक प्रभावबारे प्रष्ट पार्दै धार्मिक–सांस्कृतिक कार्यक्रमले समाजमा फैलिएका नकारात्मक प्रवृत्तिहरू न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

विज्ञापन (Advertisement)Advertisement

साविक गोलधाप, केशर होलीमा स्थापित श्रीनाम हरिकिर्तन मण्डली सेवा समितिको निर्माणाधीन भवनलाई पूर्णता दिन तथा विगतका विभिन्न घटनामा ज्यान गुमाएका दिवंगत आत्माहरूको मोक्षको उद्देश्यसहित महापुराण आयोजना गरिएको आयोजकले जनाएको हो।

धार्मिक चेतना अभिवृद्धि गर्दै सामाजिक अनुशासन र सद्भाव कायम गर्ने लक्ष्यसहित वडा नं. १ का प्रतिनिधित्व रहनेगरी समावेशी आयोजक समिति गठन गरिएको संयोजक सुवेदीले जानकारी दिए।

आयोजनामा युवा पण्डित अर्जुन भट्टराई मुख्य वाचक रहनेछन्। कार्यक्रममा सुरक्षा, व्यवस्थापन र अनुशासन कायम गर्न विभिन्न उप–समितिहरू गठन गरिएको छ।

पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक सोमनाथ सुवेदी, युवा पण्डित अर्जुन भट्टराई, यज्ञाचार्य तुलसी सुवेदी, उपाध्यक्ष द्वय कल्पना नेमाङ र हिमाल राईले महायज्ञले समाजमा पुर्याउने दीर्घकालीन प्रभावबारे आ–आफ्ना सुझाव राखेका थिए। पत्रकार सम्मेलनको सहजीकरण आयोजक समितिका सचिव सूर्य सुवेदीले गरेका थिए।

महायज्ञमा व्यापक सहभागिताका लागि आयोजक समितिले अपिल गर्दै पत्रचार नपुगे पनि सञ्चारमाध्यममा आएको जानकारीलाई नै औपचारिक निम्तोका रूपमा ग्रहण गरी उपस्थित हुन सम्पूर्ण श्रद्धालु भक्तजनलाई अनुरोध गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)