हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

१७ जना नेपालीलाई कतारमा आममाफी

  कतारको जेलमा रहेका १७ जना नेपालीले आममाफी पाएका छन्  ।विश्व महामारीको अवस्थालाई मध्य नजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले आममाफी दिने घोषणा सार्वजनिक गरेका थिए ।

Advertisement

 आममाफी अन्तरगत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु पनि रिहा हुन लागेको कतारस्थित नेपाली राजदूतावासले जानकारी दिएको हो ।हाल कतारको जेलमा १३ जना लागू औषध कारोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)