समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

१८६औं पटक रक्तदान गर्दै ‘रक्तसम्राट’ कर्माचार्यद्वारा नयाँ कीर्तिमान कायम

सिन्धुपाल्चोक, २१ चैत । नेपालका अग्रणी स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्य ले १८६औं पटक रक्तदान गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। यसअघि १८५ पटक रक्तदान गरिसकेका उनले शनिबार सिन्धुपाल्चोकको हेलम्बुमा आफ्नो कीर्तिमान स्वयं तोडेका हुन्।

‘राष्ट्रिय रक्तसम्राट’का रूपमा परिचित कर्माचार्यले पाल्चोकी भगवती मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा रक्तदान गरेका थिए। कार्यक्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्षलाई ‘रक्त संकलन थैली’ हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका थिए।

विज्ञापन (Advertisement)Advertisement

उनले देशभर घुमेर रक्तदान गर्नुको उद्देश्य युवा पुस्तालाई मानवीय सेवामा प्रेरित गर्नु रहेको बताए। “हामीले रक्तदान गरिरहँदा युवाहरूमा पनि जीवन बचाउने भावना जागृत होस् भन्ने चाहना हो,” उनले भने।

साथै, उनले दाताले निःशुल्क दिएको रगत बिरामीले पनि निःशुल्क पाउनुपर्ने आवश्यकता औंल्याउँदै यस विषयमा सरकारलाई ध्यानाकर्षण गराइने बताए।


कर्माचार्यको प्रेरणाबाट कार्यक्रममा स्थानीय युवा तथा श्रद्धालुहरूको उत्साहजनक सहभागिता देखिएको थियो। महिला र पुरुष गरी १७ जनाले रक्तदान गरेका थिए।

यसै अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज को सिन्धुपाल्चोक जिल्ला तदर्थ कार्यसमिति समेत गठन गरिएको छ। धनबहादुर पाण्डे (समीर) को अध्यक्षतामा गठन भएको उक्त समितिले जिल्लामा स्वयंसेवी रक्तदान अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)