समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

अबिरल वर्षापछि हल्दीबारीको बाली सुरक्षा रणनीति: बाली बीमा र धानकाे बलिया जाततर्फ ध्यान दिने

हल्दीबारी, १८ कार्तिक । निरन्तरको अबिरल वर्षाका कारण झापाको हल्दीबारी गाउँपालिकाका किसानहरू ठुलो समस्यामा परेका छन्। पाक्नै लागेको धान खेतमै ढलेको छ भने काटिसकिएको धान पानीले डुबाएकाले किसानहरूलाई आर्थिक क्षति पुगेको छ।

यस परिस्थितिलाई मध्यनजर गर्दै हल्दीबारी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कृषि तथा पशु शाखाका कर्मचारीहरू लगायत जनप्रतिनिधिहरूले क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

विज्ञापन (Advertisement)Advertisement

निरीक्षणका क्रममा धानको क्षतिको अवस्था र प्रकृतिबारे अध्ययन गर्दै बाली बचाउन सकिने उपायबारे छलफल गरिएको थियो। प्रतिनिधिहरूले सम्भव भएसम्म बाली जोगाउने प्रयास गर्न किसानहरूलाई सुझाव दिएका छन्।

छलफलबाट भविष्यमा कम्ती मात्रामा ढल्ने धानको जात लगाउने र बाली बीमा अनिवार्य रूपमा गर्नुपर्ने निष्कर्ष निकालिएको गाउँपालिकाले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)