हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अमेरिकाबाट आयो दुःखद् खबर, कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले पुष्टि गरेका हुन् ।

Advertisement

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइभिटिज र प्रेसरको समस्या थियो ।कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ५ सय ८२ जनाको मृत्यु भएको छ भने ४६ हजार १ सय ६८ जना संक्रमित रहेको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)