हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अमेरिकामा मृत्यु भएका झापाका भट्टराईको शव नेपाल पठाउन रकम संकलन

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/टेक्सास राज्यको ह्युष्टन शहरमा असामयिक निधन भएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको शवलाई नेपाल पठाउने प्रकृया सुरु भएको छ । शवलाई नेपाल पठाउन आवश्यक भएको करिव १५ हजार डलर राखिएकोमा २० हजार डलर संकलन भइसकेको नेप्लिज एशोसियसन अफ ह्युष्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए ।

Advertisement

अध्यायनको शिलशिलामा पांच वर्ष अगाडि अमेरिका आएका प्रमोदको सोमवार राति सुतेकै अवस्थामा निधन भएको थियो । पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेको कारण उनको निधन के कारणले भयो भन्ने यकिन भने हुन सकेको छैन ।

Advertisement

झापाको वुधवारे घर भएका प्रमोदले काम र अध्ययनलाई संगसंगै अगाडि वढाउंदै आएका थिए । झापामा रहेको स्वर्गीय प्रमोदको परिवारले शवलाई नेपाल पठाइदिन आग्रह गरे अनुरुप नेप्लिज एशोसियसन अफ ह्युष्टनले गोफण्ड खाता खोलेर तत्कालै प्रकृया अगाडि वढाएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)