हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको आइतबार बिहान निधन भएको छ । केही दिनदेखी गम्भीर बिरामी परेका रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा आइतबार निधन भएको बीबीसीले जनाएको छ ।

Advertisement

उनी न्युयोर्कको एक अस्पतालमा भर्ना भएका थिए । आफ्ना भाईको निधन भएपछि ट्रम्पले दुख व्यक्त गरेका छन् । उनले भाईको निधनमा दुःख व्यक्त गर्दै भाई आफ्नो भाइमात्र नभई मिल्ने साथी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Advertisement

उनी केका बिरामी थिए भन्ने बारे खुलाइएको छैन । उनले डोनाल्ड ट्रम्पको घर जग्गा लगानीहरूको व्यवस्थापनको काम गर्ने गर्थे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)