समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

अर्थ मन्त्रालयको निर्देशनपछि झापा गाउँपालिकामा वितरणमुखी कार्यक्रम स्थगित


झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का वितरणमुखी कार्यक्रमहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको २०८२ कार्तिक १९ गतेको बैठक र अर्थ मन्त्रालयले २०८२ असोज ७ मा जारी गरेको परिपत्रलाई आधार मान्दै यस्तो कदम चालिएको हो।

अर्थ मन्त्रालयको परिपत्रमा समेटिएको बुँदा नं. ९ अनुसार “अन्य खर्च कटौती” शीर्षकअन्तर्गत ग्यास, साइकल, स्वास्थ्य बीमा शुल्क, विद्युत् महसुल भुक्तानी, ह्याण्ड पम्प, साडी वितरण जस्ता वितरणमुखी कार्यक्रमहरू सञ्चालन नगर्न स्पष्ट निर्देशन दिइएको थियो।

विज्ञापन (Advertisement)Advertisement

यही प्रावधानअनुसार गाउँपालिकाले यथावत् चलिरहेका विद्युत् महसुल भुक्तानी, साइकल वितरण तथा स्वास्थ्य बीमा शुल्क भुक्तानीलगायतका योजनाहरू हाललाई रोकिएको जनाएको छ।

गाउँपालिकाद्वारा जारी सूचनामा प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले, “निर्देशनअनुसार सम्बन्धित सबै वितरणमुखी कार्यक्रम तत्काल प्रभावबाट स्थगित गरिएको छ,” भन्दै सरोकारवालालाई जानकारी गराइएको उल्लेख छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)