शिक्षा
हल्दिबारी संवाददाता ९ महिना अगाडि

आफैं पीडामा, तर अरूका लागि आशा बने – चन्द्रप्रसाद बस्नेत

असोज १९ गतेको विनाशकारी बाढीले झापा गाउँपालिकाका किसान चन्द्रप्रसाद बस्नेतको करिब एक करोड रुपैयाँ बराबरको केरा बगान एकछिनमै बगर बनायो। जीवनभरको पसिना, मेहनत र आशा पानीसँगै बग्यो। तर सबैले सोचेका थिए – अब त बस्नेत पनि भत्किए होलान्।

तर, उनले सबैलाई आश्चर्यचकित पारे। आफ्नै दुःखमा डुबेका बस्नेतले अरूको पीडा देखे, र आफ्नै बाँकी केरा बाढीपीडितहरूलाई बाँड्न थाले। “दुःख त सबैको साझा हो, मसँग जे बाँकी छ, त्यही बाँड्दैछु,” उनी भन्छन्, अनुहारमा थकान भए पनि आँखामा अपार माया झल्किन्छ।

विज्ञापन (Advertisement)Advertisement

जसले आफ्नो सबै गुमाए पनि, अरूको मुखमा मुस्कान बाँड्दै हिंडेको छ –  त्यही मानिस हो, चन्द्रप्रसाद बस्नेत। उनको यो सानो तर हृदय छुने कदमले गाउँभर आशा, सहानुभूति र मानवताको बत्ती बालिदिएको छ।

बाढीले खेत बगायो, फल बगायो, तर बस्नेतको मन र मानवीयता बगाउन सकेन। साँचो वीरता यही हो -आफैं पीडामा भएर पनि अरूलाई सान्त्वना दिने हृदय।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)