हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इटहरीमा रेल विभागको कार्यालय स्थापना

देवेन्द्र के, ढुंगाना, इटहरी ।इटहरीमा रेल विभागको कार्यालय स्थापना गरेर मेची महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको १०६ किलोमिटर लामो रेलमार्गका लागि मुुआब्जा प्रक्रिया सुरु गरिएको छ ।

Advertisement

रेलमार्ग निर्माणको लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका करिब ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहण भइसकेको छ । अधिग्रहण गरिएको जग्गा धनीलाई मुुआब्जा वितरणको प्रक्रिया सुरु गर्नको लागि काम शुरु गरिएको हो । इटहरीमा रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाको कार्यालय स्थापना गरेर सुनसरी, मोरङ र झापाका ५८ वटा वडाहरुलाई चिठि काट्ने काम भएको बताइएको छ ।

Advertisement

मुुआब्जा वितरणको लागि अहिले जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकक्तोमा मुुआब्जा मुल्याकंन तथा निर्धारण समिति बनाइएको छ । जसको सदस्यमा रेलमार्गमा पर्ने स्थानिय तहका जनप्रतिनिधि र मालपोत कार्यालय प्रमुख रहनेछन् । अहिले ५८ वटा वडा कार्यालयलाई रेल बिभागले पत्र काटेर रेलमार्गमा पर्ने जग्गाको चलन चल्तीको मुल्याकंनको राय मागेको छ । जंग्गाको मुल्याकंनको लागि बिभागले बैंक, मालपोत कार्यालय र कर प्रयोजनको लागि स्थानिय तहले गरेको मुल्याकन समेत समाबेश गर्ने जनाइएको छ ।

अहिले बैंक तथा मालपोत कार्यालयले दिइने मुल्याकनको डाटा संकलन भइरहेको रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना, साइट इटहरीका प्रबिधिक छबि गौतमले जानकारी दिए । सबैको मुल्याकन डाटा जम्मा भएपछि मसिंर अन्तिम सम्म मुल्य निर्धारणको सूचि सार्वजनिक गर्ने तयारीमा रहेको गौतमले जनाए । इटहरी उपमहानपालिकामा भने ७, ८, १०, १२, १३, १४, १५ र १६ वडामा रेलमार्ग बिस्तार हुने छ ।

जसको लागि वडाहरुले जग्गा धनि बिच छलफल गरेर मुल्याकनको पत्र पठाउन काम गरिरहेको छ । इटहरी ८ नम्बर वडाले भने सर्वपक्षिय रुपमा रेलमार्गमा परेको जग्गाको मुल्याङकन गरेर पत्र पठाउने तयारी गरेको वडाध्यक्ष रोहित चौधरीले बताए । जसको लागि रेलमार्गमा परेको इटहरी ८ मा कालो पत्र सडकले छोएको जमिनको ६ लाख र भित्र पटिको जग्गाको दुई लाख रुपैया थुरु निर्धारण गरेको जनाए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)