हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

इन्ज्युरी समयको दोस्रो मिनेटमा एम्बाप्पे चम्किँदा पिएसजीले निकाल्यो शानदार जित

काठमाडाै, २१ फागुन । पिएसजीले नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २–० ले अग्रता लियो ।

Advertisement

३१औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउदै खेललाई २–१ को स्थितिमा ल्याए । लगतै ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए ।

Advertisement

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को जित दिलाए । यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले २६ खेलबाट ६३ अंक बटुलेको छ । नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)