हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

उत्तर कोरियाको आणविक परीक्षणको अन्तराष्ट्रिय समुदायले गर्‍यो निन्दा

पौस २२ २०७८ l उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् ।

Advertisement

‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ ९जेसीएस० ले एक विज्ञप्तिमा भनेको छ । त्यस्तै जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ ।

Advertisement

सो व्यालिस्टिक मिसाइल करिव ५०० किलोमिटर टाढासम्म पुगेको जापानका रक्षामन्त्री नोबुओ किशीले बताएका छन् ।परीक्षणबारे अमेरिकी गुप्तचर निकायका अधिकारीले सुक्ष्म विश्लेषण गरेको प्राप्त समाचारमा जनाइएको छ ।

उत्तरले बुधबार गरेको परीक्षण यस वर्षकै पहिलो आणविक परीक्षण हो । उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । आफूमाथि लागेका प्रतिबन्ध हटे मात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले जबाफ दिँदै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)