हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

उदाउदाे सुर्यलाई अर्घ दिदै छठ पर्व समापन

हल्दिवरी,१४ कात्तिक । हल्दिवारी गाउँपालिकाकै वृहत छठ पर्व हुने भुतेनी खोलामा साेमबार उदाउदाे सुर्यलाई अर्घ दिएर चार दिन अघि देखि सुरुभएकाे छठ पर्व सम्पन्न भएकाे छ ।

Advertisement

छठ पूजा विषेश गरेर पहिले मैथली समाजकाे मुख्य पर्वकाे रुपमा रहेता पनि आजभाेली सवै जातजातीले याे पर्व मनाउन थालेको पाइन्छ ।

Advertisement

हल्दिवारीको भुतेनी खोला किनारमा सम्पूर्ण जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरीएको काजली छटपुजा समितिले जनाएको छ ।

चारदिनसम्म मनाइने छठ पर्वमा आज उदाउदाे सूर्यलाई अर्घ्य चढाएपछि सम्पन्न भएकाे छ । यो पर्वमा जनसहभागिताको हिसाबले हल्दिवारीको पहिलो स्थान भुतेनी नदिने लिने गरेको स्थानीय बताउछन् ।

हल्दिवारी गाउँपालिकाकै देउनीया नदि ,त्यस्तै पाथीभरा पर्यटन क्षेत्र परेषद र गोलधापको अदुवा खोलामा समेत छठपुजा सम्पन्न भएको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)