हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरले विजयी भएका छन् । बिहीबार बिहान सकिएको मतगणनामा उनी प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

Advertisement

लामिछानेले ४९ हजार २६१ र श्रेष्ठले १५ हजार ९९ मत पाए । एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मै सीमित भए । पोखरेल सोही क्षेत्रका निवर्तमान सांसद हुन् । चितवन २ मा ८४ हजार ३१५ मत खसेको थियो । सुरुवाती दिनमा तेस्रो स्थानमा रहेका लामिछाने पछि तीव्र मतान्तर हासिल गर्दै विजयी भएका हुन् ।

Advertisement

चार महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर निर्वाचनमा होमिएका लामिछानेले ठूलो सफलता हासिल गरेका छन् । उनको पार्टीले प्रत्यक्षमै नौ सिट जित्ने देखिएको छ । समानुपातिकमा पनि तेस्रो स्थानमा रहेकाले स्वतन्त्र चौथो ठूलो दल बन्ने संकेत देखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)