हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एउटै परेवा २२ करोडमा बिक्यो

देवेन क्षेत्री , दिल्ली / बेल्जियममा एक रेसर परेवा अहिलेसम्मकै उच्च मूल्य अर्थात २२ करोड २८ लाख रुपैयाँमा बिक्री भएको छ।

Advertisement

अण्डाबाट कोरलिएको दुई वर्ष भएको यो परेवाको नाम न्यु किम हो। लिलामीमा राखिएको सो परेवाको सुरुवाती मूल्य २३७ डलर (२८ हजार ४४० रुपैयाँ) राखिएको थियो। तर चीनका एक व्यक्तिले यसलाई १९ लाख डलरमा खरिद गरेका हुन्।

Advertisement

समाचार एजेन्सी रोयटर्सका अनुसार परेवा लिलामीमा राखेका कुर्त वाउवरका परिवार यति धेरै मूल्यमा आफ्नो पंक्षी बिक्री भएको सुनेपछि निकै आत्तिएका थिए।

चार वर्षअघि चार वर्षको एउटा परेवा १४ लाख अमेरिकी डलरमा बिक्री भएको थियो। पछिल्ला वर्षहरुमा चीनभित्र परेवा उडान प्रतिष्पर्धा निकै लोकप्रिय बन्दै गएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)