हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एनएसजेएफ स्थापना दिवसमा झापामा मैत्रीपूर्ण फुटसल

दमक, भदौ २७ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ ।

Advertisement

मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च झापाका पत्रकारबीच फुटसल खेल आयोजना गरेको हो । खेलमा कदम थिएटर १०–५ गोल अन्तरले विजयी भयो ।

Advertisement

मैत्रीपूर्ण खेलमा प्रमुख अतिथि दमकका समाजसेवी प्रविण चाम्लिङ थिए । उनले खेलले मस्तिष्कलाई स्वस्थ बनाउने बताए । उनले कलाकारिता र पत्रकारितामा सिर्जनशील आवश्यकता रहेकाले खेल अनिवार्यजस्तौ रहेको पनि बताए ।

मञ्च र २८ औँ स्थापना दिवसका बारेमा सचिव चिरञ्जीवी घिमिरेले जानकारी गराएका थिए । कार्यक्रममा मञ्च झापाका संस्थापक उत्तम रिजाल, कदम थिएटरका कला निर्देशक सिजन दाहाल, कदम थिएटरका व्यवस्थापक सन्तोष दुलालको सहभागिता रहेको थियो ।

कदम थिएटरले दमकमा नियमित नाटक मञ्चन गर्दै आएको छ । उसले नाटक ’जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चनको तयारी गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)