काठमाडौँ  l मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउने भएकी छन् । एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी अर्को साता नेपाल भ्रमणमा आउने बताइएको छ ।

हालै एमसीसीको उपाध्यक्ष पदमा नियुक्ति भएकी उनी देशमा एमसीसी परियोजनाको कार्यान्वयन बारे बुझ्न आउने भएकी हुन् ।

उनले नेपाल भ्रमणको क्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको स्रोतको भनाई छ ।

उपाध्यक्ष सुमारले एमसीसी अनुदानमार्फत गरिबी न्यूनीकरणका सबै कार्यहरु हेर्ने गर्छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार