हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

एमालेका अध्यक्ष ओलीले आफना कर्यकर्ताहरु प्रति कटाक्ष

हल्दीबारी न्यूज़ डेस्क : एमाले पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीले भने, महेश बस्नेत, गुलावजंग शाह र ऐन महरलगायतका नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न विकल्प दिएका छन्।

Advertisement

‘कि राजनीति गर्नुपर्छ, कि इन्जोय रोज्नुपर्छ। दुवै एकैपटक गर्न पाइँदैन एमाले कुनै ढल होइन, आचरणहीन, नैतिकहीन, चरित्रहीन कुरालाई पार्टीले कुनै हालतमा सहँदैन र त्यो व्यक्ति एकीकृत माले हुन सम्भव छैन ।

Advertisement

’पार्टीका नेता कार्यकर्ताहरूमा अनुशासनहीन, चरित्रहीन र नैतिकहीन गतिविधि बढेको भन्दै कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न विकल्प दिएका हुन् ।

पछिल्लो चरणमा पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य ऐन महर र गुलावजंग शाहबारेको उजुरी ओलीकहाँ पुगेको थियो। विभिन्न महिलासँग नाम जोडिएर पुगेका त्यस्ता उजुरी र भिडिओ प्रमाण नै सचिवालयमा पुगेको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)