हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

बुधबार पक्राउ परेका महरलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ। भदौ ९ गते नै उनको नाममा पक्राउ पुर्जी जारी गरिएको थियो।

Advertisement

प्रहरीका अनुसार, हुलाकमार्फत प्राप्त उजुरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता भएकाले उनलाई नियन्त्रणमा लिइएको हो। साइबर ब्युरोमा समेत महरविरुद्ध उजुरी र मुद्दा दर्ता भएको बताइएको छ।

एमालेले आचरणसम्बन्धी प्रश्न उठ्दै गर्दा महरलाई पार्टी सदस्यता निलम्बन गरेको थियो। तर, बझाङ प्रदेशसभा उपनिर्वाचनअघि सो निलम्बन फुकुवा गरिएको थियो। यसअघि पनि उनको नाम विभिन्न उजुरीमा परेको र प्रहरीमा दर्ता हुने गरेको तथ्य सार्वजनिक भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)