हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमाले सबैभन्दा असक्षम पार्टी : शालिकराम जम्कट्टेल

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दाबी गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेकपा एमाले सबैभन्दा असक्षम पार्टी भएको पनि दाबी गरे ।

Advertisement

उनले पार्टी सञ्चालन गर्न, सरकार सञ्चालन गर्न एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली असक्षम भएको जिकिर गरे ।आफूसँग जनमत रहेको भनेर एमालेले दाबी गर्नुको कुनै अर्थ नरहेको पनि उनले प्रस्ट पारे । केपी ओलीले र नेकपा एमालेले नसकेर नै विभिन्न प्रदेश र संघमा समेत एमालेले सरकारको नेतृत्व गुमाएको उनको भनाइ छ । उनले मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थनमा आफू र आफ्नो पार्टीले मत दिने पनि प्रस्ट पारे।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)