हल्दिवारी । नेकपा एमाले हल्दिवारी गाउँ अधिबेशन गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षता तथा केन्द्रिय सल्लाहकार सदस्य हरिचरण सिवाकोटीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।



हल्दिवारीमा आजै एमाले गाउँ कमिटी निर्वाचित हुने कार्यक्रम रहेको छ भने अध्यक्ष सहित ७५ सदस्य सबै पदमा २८१ जना प्रतिनिधिहरुबाट सर्वसम्मत चयन गर्न नेतृत्व तह लागि परेको बताईएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि हरिचरण सिवाकोटी ,अध्यक्ष त्रिलोचन सापकोटा , जिल्ला समन्वय समिति प्रमुख तथा नेकपा एमाले प्रदेश सदस्य सोमनाथ पोर्तेल , हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि ,प्रदेश सदस्य मोहन चन्द्र रेग्मी ,सन्तलाल मेचे ,जिल्ला सदस्य छवि चुडाल ले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

नेकपा एमाले हल्दिवारीका सहसचिव महेशलाल मेचेले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचीव हरि गौतमले गर्नु भएको थियोे ।