हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एम्बाप्पे बने फ्रान्सका नयाँ कप्तान

काठमाडौं – चर्चित युवा स्ट्राइकर किलियन एम्बाप्पेल फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा नियुक्ति भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पे कप्तानमा नियुक्ति भएका हुन् ।

Advertisement

पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ । फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग खेल्नेछन् ।

Advertisement

कतार विश्वकपको फाइलनमा अर्जेन्टिनासँग पराजित भएयता पहिलो पटक फ्रान्स सन् २०२४ को युरो कप छनोट अभियानमा जाँदै छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)