भारतको झारखण्ड राज्यमा बिरामी बोकेर दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा सबै सात जनाको मृत्यु भएको छ।

सोमबार बेलुकी राँचीबाट दिल्लीका लागि उडेको विमान झारखण्डको चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको स्थानीय प्रशासनले जनाएको छ।

चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी ९० जीटीएक्स (C90GTx) विमान दुर्घटनामा परेको हो।

विमानमा एक बिरामी, उनका एक सहयोगी, एक चिकित्सक, दुई स्वास्थ्यकर्मी सहयोगी तथा दुई क्याप्टेन सवार थिए। दुर्घटनामा सातै जनाको ज्यान गएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय डीजीसीएका अनुसार उक्त विमान साँझ ७ बजेर ११ मिनेटमा बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो।दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार