नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । चालु संसद्मा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न शुक्रबार अपराह्न ४ बजेका लागि तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ । साथै संसद्मा एमालेको रणनीतिबारे पनि बैठकमा छलफल हुने भएको छ ।

एमाले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो । संसद् बैठक भोलि पनि बस्दैछ । भोलिको बैठक पनि अवरुद्ध गर्ने एमालेको तयारी रहेको छ ।