हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत हुँदासम्म घनिष्ट रहेको माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहबाट अलग भएको छ ।

Advertisement

सोमवार संयुक्त स्थायी कमिटी बैठकपछि सर्वोच्च अदालतको फैसला अनुसार नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा जाने निष्कर्षसहित नेपाल समूह बाहिरिएको छ ।

Advertisement

 

अब प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र एक्लै रहने छ भने नेपाल समूह एमालेभित्र ओलीसँग अन्तर्संघर्ष गर्ने निष्कर्षमा पुगेको छ ।

अदालतको फैसला अनुसार नै नेपाल समूह एमालेमै जानुपर्ने भएको र अनौपचारिक स्थायी कमिटी बैठकमा यस्तै निष्कर्ष निस्किएको स्थायी कमिटी सदस्य गणेश साहले  जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)