हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ८ घण्टा अगाडि

झापामा हराएका ६६७ मध्ये १४ जना अझै बेपत्ता, महिला हिंसाका उजुरी भने शतप्रतिशत फछ्र्यौट

हल्दिबारी । झापा जिल्लाबाट गत एक वर्षको अवधिमा हराएका ६६७ जनामध्ये ६५३ जना फेला परेका छन् भने १४ जना अझै बेपत्ता रहेका छन्।

Advertisement

​जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार प्रहरीको सक्रिय खोजी र अनुसन्धानका कारण अधिकांश व्यक्ति सुरक्षित रूपमा फेला परेका हुन्।

Advertisement

​जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रञ्जन अवाले सरोकारवाला निकायहरूसँगको समन्वयका कारण हराएका व्यक्तिहरूलाई फेला पार्न सहज भएको बताए।

​”दर्ता भएका हुलियाका आधारमा प्रहरी टोलीले निरन्तर खोजी गर्दा अधिकांशलाई फेला पार्न सफल भएका छौँ। अझै बेपत्ता रहेका १४ जनाको खोजी कार्य पनि प्राथमिकताका साथ जारी छ,” डिएसपी अवाले भने।

​यसैबिच, गत आर्थिक वर्षमा जिल्लाभर दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सम्पूर्ण उजुरी फछ्र्यौट भएको प्रहरीले जनाएको छ।

​प्रहरी तथ्याङ्कअनुसार वर्षभरिमा घरेलु तथा महिला हिंसासम्बन्धी १२३ वटा उजुरी परेका थिए। ती सबै उजुरीको आवश्यक कानुनी प्रक्रिया र परामर्शमार्फत समाधान गरिएको छ।

​महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको पहलमा घटनाको प्रकृति हेरी कानुनी कारबाही, सचेतना र दुवै पक्षबिच छलफल गराई मेलमिलाप गराइएको हो।

​पीडितलाई न्याय दिलाउन र विवाद समाधानका लागि उजुरी प्राप्त हुनासाथ अनुसन्धान प्रक्रिया अघि बढाउने गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)