समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

ओली र लेखकको गिरफ्तारीबारे आदेशपत्र सार्वजनिक

झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्न दिइएको सरकारी आदेशपत्र सार्वजनिक गरिएको छ।

सरकारले मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृह मन्त्रालयमार्फत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार प्रहरीले दुवै नेतालाई पक्राउ गरेको जनाइएको छ।

विज्ञापन (Advertisement)Advertisement

गृह मन्त्रालयले पठाएको पत्रमा भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको उल्लेख छ। मन्त्रिपरिषद्को निर्णयसँगै उक्त प्रतिवेदन पनि प्रहरीलाई पठाइएको थियो।

पत्रमा भनिएको छ कि आयोगको सिफारिस कार्यान्वयन प्रक्रिया अघि बढाउन आवश्यक कदम चाल्न अनुरोध गरिएको छ। यो निर्देशन मन्त्रिस्तरीय निर्णयका आधारमा जारी गरिएको जनाइएको छ।यस विषयमा सम्बन्धित पक्षहरूबाट थप प्रतिक्रिया आउन बाँकी छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)