हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कचनकवल  टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा 

 

Advertisement

हल्दिवारी ,९ फाल्गुन । कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

Advertisement

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई ५ विकेटले हराउँदै कचनकवल फाइनल प्रवेश गरेको हो ।

पहिले ब्याटिङ राजेको मेचीनगर निर्धारित २० ओभरमा १३.२ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य पछ्याएको कचनकवलले १८.२ ओभरमा ५ विकेट गुमाउँदै ९० रनको लक्ष्य प्राप्त गरेको थियो ।

४ ओभर बलिङ गर्दै ११ रन दिएर ४ विकेट लिएका कचनकवलका अनिल लामिछाने खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले बताए ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)