हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कनकाई सहरा सर्पदंश उपचार केन्द्रमा १९७ जनाको सफल उपचार

हल्दिबारी । झापाको कनकाई नगरपालिका कोटिहोममा रहेको कनकाई सहरा सर्पदंश उपचार केन्द्रमा चालू आर्थिक बर्षको २४  गतेसम्म १९७ जनालाई उपचार गरिएको छ ।

Advertisement

सहरा सर्पदंश उपचार केन्द्रका इन्चार्ज अभिशेख पोख्रेलका अनुसार नेपाल र भारतका समेत सर्पले टोकेर ल्याइएका बिरामीको सफल उपचार गरिएको छ ।

Advertisement

उनका अनुसार भारतबाट मात्र ३० जना सर्पले डसेका बिरामीको पनि सफल उपचार गरिएको थियो भने यसै अवधीमा १५ जना बिषालु सर्पले डसेर उपचारका लागि पुगेको र सबैको सफल उपचार पछि घर फर्किएका थिए ।

कनकाई सहरा सर्पदंश उपचार केन्द्रमा २४ औं घण्टा उपचारको व्यवस्था मिलाइएको छ भने १ जना डाक्टर, ५ जना सर्पदंश उपचार गर्ने दक्ष स्वास्थ्यकर्मी र ३ जना अन्य गरि ९ जना रहेका छ्न ।

नेपालमा बिसालु सर्पले डसेका बिरामीहरुकाे लागि आवश्यक पर्ने औषाधी ‍‌‌एन्टी भेनम निशुल्क लगाइने हुदा भारतिय सिमावर्ती क्षेत्रका बिरामी समेत उपचारका लागि नेपालमा रहेका सर्पदंश उपचार केन्द्रमा आउने गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)