हल्दिबारी डटकम
Hover Ad Article
कविता
हल्दिबारी संवाददाता १२ महिना अगाडि

कबिता : आकांक्षा

– दयानन्द गोस्वामी 

Advertisement

अंध्यारो गलीमा मेरो घर रही रहेको छ
जहाँ तेल बिना दियो जली नै रहेको छ,

Advertisement

उज्यालो नै मेरा सारा आकांक्षाहरु हुन
आशिर्वाद उनैको म मा रहीनै रहेको छ,

आश्चर्य त छँदैछ दियो मुनि अंध्यारो !

चाह्रै दिशामा प्रकाश छरी नै रहेको छ,

यहाँ म पनि अतिथि अनि तिमी पनि
न तिम्रो क्यै छ यहाँ न त मेरो छ क्यै,

आँखा उघार्दा आकांक्षाहरुको समुन्द्र
तुफान मनमा हाम्रो चली नै रहेको छ,

हेर्न लाई लालायित त छँदैछु म पनि
संगै भावनाहरु तरंगित भै नै रहेको छ,

भिजेका नील नयनहरु कति उदासीन
अनि हृदयको ढुकढुकी बढी नै रहेको छ,

अंध्यारो गलीमा मेरो घर रहि रहेको छ
जहाँ तेल बिना दियो जली नै रहेको छ,

आशा र भरोसामा बाँचेको यो जीवन
प्रत्येक पाईलाहरू चोट त खानै पर्छ,

कहिले आरोह त कहिले अवरोह छन्
तथापि जीवन-यात्रा जारी नै रहेको छ

कल्पनाहरुमा पखेरू उडिरहेका छन
थकान सबै बिर्सेर पनि गगन चुम्न लाई,

विचलन यात्रामा निश्चित त आउँछ नै
तथापि अभियान अटुट जारी रहेको छ,

अति निकृष्ट कालीमा त्यो सघन रातको
निशब्द स्तब्ध अनि सुनसान वातावरण,

मनमा क्षण क्षण प्रकाशको आशान्वित
कदमहरु निर्भिक अगाडि बढी रहेको छ,

अंध्यारो गलीमा मेरो घर रही रहेको छ
जहाँ तेल बिना दियो जली नै रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)