हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कबिता : “व्यथित गुन्जन” – दयानन्द गाेस्वामी

सघन छाया पुन्जको मात्र होइन
घोर कालीमाको त्यो परिवेशमा,
जब श्याम्बरीको घुम्टो भित्र बाट
गुन्जि रहन्छ करुणामय चित्कार,
कतिपय त्यहाँ गुन्जनहरु हुन्छन्
प्रविष्ट रहन्छन् अन्तर उद्ववेगहरू,
नीलाम्बरी फैलिएको पछ्यौरामा
सम्भव:श्यामल रुपी निशा नै हो,
झिलमिल टल्कि रहेका ताराहरू
सुदूर बाट ती सम्पूर्ण हेरि रहेछन,
धरामा व्यतीत पाशविक पलहरु
जुन सारा मानशिक भ्रान्ति नै हो,
तथापि निशाचर हरुको क्रन्दनले
अनिष्टागमनको अनुभूति गराउँछ,
जिर्ण भएका सारा उत्कण्ठा हरू
अनी स्तब्धमय, स्नेहिल ती स्पर्श,
अनायास नै केन्द्रीत मेरा दृष्टिहरु
विरहको संकीर्ण चितामा जल्दै,
प्राण विहीन त्यो लाशको परिदृश्य
जो न बाँच्न सक्छ न मर्न नै सक्छ,
केवल वेदना नै वेदनाले भरिएको
निशाको जीवनी शेष आत्म कथा,
लेखिएका ती सारा अश्रुहरफहरू
बतासले मेटाई दिन्छ फेरि लेखिन्छ,
शुष्क हुन्छन कैयन रविको तप्तमा
अनी बन्दछन हरफ सारा निराकार,
सघन छाया पुन्जको मात्र होइन
घोर कालिमाको त्यो परिवेशमा,
जब श्याम्बरीको घुम्टो भित्र बाट
गुन्जि रहन्छ करुणामय चित्कार ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)