हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कमल गाउँपालिका झापा लिगबाट निष्कासित

हल्दिबारी, १४ मंसिर । प्रथम अन्तरपालिका लिग तथा नकआउट फुडबल प्रतियोगिताको आज भएको दोस्रो खेलमा कमल गाउँपालिकाका कप्तान जर्सी नं. २ का लक्ष्मण बेघालाई रेफ्री बाट रातो कार्ड दिइए पछि रेफ्री डिकबहादुर श्रेष्ठ माथि कुटपिट भए पछि आगामी कुनै पनि खेल खेल्न नपाउने गरि कमल गाउँपालिका टिमलाई निष्कासन गरेको भद्रपुर झापा गोल्डकपले प्रकाशित गरिएको प्रेष विज्ञप्तीमा जनाइएको छ ।

Advertisement

अनुसासन समितिको निर्णय बमोजिम प्रतियोगिताको नियम १४ को मिलेमतो र खेल बहिस्कारको नियम अनुसार कमल गाउँपालिकाको फुटबल टिमलाई यस प्रतियोगिताबाट बाकी खेल सहित निष्कासन गर्ने कार्यवाही गरिएको भद्रपुर झापा गोल्डकपका महा सचिव जिवन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित प्रेष विज्ञप्तीमा जनाइएको छ ।

Advertisement

कमल गाउँपालिकाका क्याप्टेन लक्ष्मण वेघा, गोल किप्पर उत्तम कार्की, सुगम राई र प्रशिक्षक चित्रमान राईलाई रेफ्रीले रातोकार्ड निएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)