हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कविता “ग्रेटर नेपाल।”

भाडामा चलेको थियो , यो देश अरे
अब बालेन ज्यु , गाडामा आउदैछ।
छिर्न नसकेको , त्यो गल्ली गल्लीमा
बाहुबली बनी , सत्तामा छाँउदैछ।।

Advertisement

राजा महिर्षी त , भित्री कथामा हुन्छन्
उसले आफ्नो , ईतिहास बनाउन पाउदछ।
ईतिहास भित्र पनि , हुनुपर्छ बाहुबली,
जसलाई फिलिममा , हिरो नै कहलाउछ ।।

Advertisement

भ्रष्ट्रचारी ले मौलाउदा , यो लोकतन्त्र ,
अब देशलाई , बाटो देखाउदै छ।
जनतामा भए , देशको लोकतान्त्रिक शक्ति
यो आकाश र वायु , पनि डराउदछ।

सत्तामै हुन्छ राज्यको , अकुत सम्पत्ति
कानुन भए , छानबिन गर्न पाउदछ।
देशलाई दोहन गर्ने , आएको राजनीति
खोज्दैछन माफियाहरु , कहाँबाट आउदछ?

नेताहरूको भक्तिमा ,जो जो भए पर्लामी
टहरा भत्काएर , उठिबास गराउदैछ।
कर छलीमा बनेका ,भ्रष्ट्रचारीका संरचनालाई
भत्काई “ग्रेटर नेपाल”को , नक्सा बनाउदैछ।

जोगेन्द्र प्रसाद राजवंशी *
कचनकवल :- ३, दल्की झापा
हाल :- मलेशिया

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)