हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “देउसीरे”

कविता: “देउसीरे”

Advertisement

उसले सानै उमेर देखि देउसी खेल्यो,
कहिले वली राजाले पठाए उसलाई,
कहिले घर परिवारले पठाए,
कहिले स्कुलमा कार्यक्रममा खेल्यो
उसले सबैतिर आशिष पनि दियो,
अर्को साल देउसी खेल्न आउँदा
घर दरबार जत्रो बनोस् भन्दै।
उसले यो आशिष हरेक साल दियो
देउसेले दिएको आशिष लागोस् भन्दै
तर घर दरबार बन्न सकेनन
तर पनि
उ अझै वली राजाको हुकुमले
देउसी खेल्दै छ,
घरलाई दरबार बनाइदिन ।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)